माटो तथा मल परीक्षण प्रयोगशाला, गण्डकी प्रदेश, पोखराको परिचय
गण्डकी प्रदेशको कास्की जिल्ला, पोखरामा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला गण्डकी प्रदेशको एक मात्र माटो जाँच गर्ने प्रदेश स्तरीय प्रयोगशाला हो। यस कार्यालय विगतमा २०५२ सालमा खैरेनीटार, तनहुँमा क्षेत्रीय माटो परीक्षण प्रयोगशाला भनेर स्थापना भएको थियो जुन पछि पोखरामा स्थानान्तरण भई क्षेत्रीय माटो परीक्षण प्रयोगशाला, पोखरामा रुपान्तरण भयो र हाल संघियताको कार्यान्वयनसँगै यसै संरचनाले 2075 असोज 10 देखि माटो तथा मल परीक्षण प्रयोगशालाको रुप धारण गरेको छ। माटो तथा मल परीक्षण प्रयोगशाला, पोखराले विगतका दिनहरु देखि नै माटो र मल परीक्षण गर्दै आएको छ जसको लागि प्रयोगशालामा मात्र माटो जाँच नगरी कृषकहरुको घर दैलोमा समेत पुगी यसै प्रयोगशालाका प्राविधिकहरुद्वारा माटो शिविरमार्फत माटो परीक्षण गर्ने गरिएको छ। माटो परीक्षणको नतिजाबाट प्राविधिकहरुले किसानहरुलाई गरेको मलखाद तथा कृषि चुनको सिफारिसको उचित कार्यान्वयन मार्फत कृषकहरु आफ्नो कृषि कार्यको दिगोपना तथा उत्पादनशिलताको प्रभावकारिता बढाउन सफल भएका छन्।

Copyright © 2025. All rights reserved.