प्रयोगशालाको उद्देश्य : 

 

  1. यस प्रयोगशालाको अगुवाईमा आफ्नो कार्य क्षेत्र पर्ने जिल्ला कृषि विकास कार्यालयहरु तथा कृषि कार्यमा संलग्न विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी दिगो रुपमा माटोमा भएको उर्वराशक्तिलाई कायम राख्ने कार्यक्रमहरु सञ्चालन गर्ने,
  2. माटो सर्वेक्षण, अध्ययन र विश्लेषणको आधारमा विभिन्न समस्याहरुको पहिचान गर्ने र समाधानका उपायहरु पत्ता लगाई सिफारिस गरी कृषि प्रसार कार्यलाई सहयोग पुर्‍याउने।
  3. माटोको नमूनाहरु संकलन, विश्लेषण र नतिजा का आधारमा  सन्तुलित रुपमा मलखादको प्रयोग गर्न कृषकहरुलाई सिफारिस गर्ने,
  4. माटो परीक्षण शिविरहरु सञ्चालन गरी कृषकहरुको घर दैलोमा पुगी कृषि चुन तथा मलखाद सिफारीस गर्ने तथा माटोको महत्व र अवस्थाका बारेमा जानकारी गराउने,
  5. बाली विरुवाहरुलाई थोरै तर नभई नहुने अत्यावश्यक शुक्ष्म तत्वहरुको स्थिति अध्ययनको लागि अनुगमन गर्ने र के कस्ता सुधार गर्न आवश्यक छ पहिचान गरी सुधारात्मक उपायको खोजी गरी कृषक समक्ष पुर्‍याउने,
  6. माटोमा आउने विभिन्न किसिमका विकृती, अमिलोपन, क्षारियपन सुधारका लागि कृषि चुन तथा जिप्सम आदि सिफारीस गर्ने,
  7. माटोको उर्वराशक्ति वृद्धिका लागि हरियो मल, प्राङ्गारिक मल, गोबरमल, रात्रीमल साथै रासायनिक मलले खेलेको भूमिका बारे कृषकहरुलाई अवगत गराई एकीकृत खाद्यतत्व व्यवस्थापनमा  प्रोत्साहन गर्ने
  8. अल्पकालिन, मध्यकालिन र दिर्घकालिन रुपमा प्राङ्गारिक र रासायनिक मलको विभिन्न परीक्षण प्रदर्शन अन्नबाली, तरकारी र फलफूल खेती आदि बालीमा सञ्चालन गरी प्राप्त तथ्यांकको आधारमा मलखादको सिफारिस गर्ने,
  9. माटोको विभिन्न विश्लेषण र अध्ययनको आधारमा जानकारी संकलन गरी समस्यामूलक विषय तथा तत सम्बन्धि अध्ययन तथा प्रविधि प्रसारण जस्ता कार्यक्रम सञ्चालन गर्ने,
  10. दिगो रुपमा माटोको उचित व्यवस्थापन गरि वातावरणीय सन्तुलनलाई कायम राखी कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउने,
  11. बजारमा पाईने विभिन्न नाम र ब्राण्डका मलका नमूना संकलन, विश्लेषण र मलमा भएको तत्वको बारेमा कृषकलाई जानकारी दिलाउने,
  12. माटो सम्वन्धि क्षेत्रीय स्तरमा देखा परेका समस्यालाई समाधानको खोजीको लागि क्षेत्रीय स्तरका योजना तर्जुमा गर्ने,
  13. कार्यक्रमको कार्यान्वयनमा सम्वद्ध पक्षहरुलाई सहयोग पुर्‍याउने,अनुगमन गर्ने, मूल्याङ्कन गर्ने आदि कार्यहरु समेत यस माटो तथा मल परीक्षण प्रयोगशालाको उद्देश्य रहेको छ ।